logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेटमा रहेका पुराना प्रवृतिलाई आफूले रोक्न सकिन : संभव भएसम्म नयाँ ल्याउन खोजेका छौं


अंकुरण खबर
2.002K
Shares

अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा रहेका केही पुराना प्रवृति आफूले रोक्न नसकेको स्वीकार गरेका छन् ।

बजेटमाथि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले कनिका छर्ने पुरानो चलनलाई आफूले बजेटमा नै स्वीकार गरेको बताएका हुन् ।उनले भने ‘कनिका छरेको जस्तो गरी पैसा राख्ने, विनियोजन गर्ने प्रवृत्ति छ । त्यसलाई मैले बजेटमै स्वीकार गरेको छु । यसपाला पनि त्यसलाई पूर्णरुपमा सम्बोधन गर्न सकेका छैनौं । केन्द्र सरकारले महत्वपूर्ण आयोजनामा एउटा साइजको आयोजनामा केन्द्रित हुन सकौं भनेर चाहेकै हो । तथापि अहिले पनि जनताहरु यहीँ आइपुगे । त्यो प्रवृति रोकिएको छैन । यहाँँकोले पुगेन, वडाअध्यक्षज्युहरु आइराख्नुभएको छ । मेरो वडामा यतिले पुग्दै पुगेन के हुन्छ र यहाँबाट राखिदिन पयो भनेर ।’

चाहे स्थानीय तहलाई होस चाहे प्रदेशहरुलाई दिन जुन विनियोजन भएको त्यो विनियोजन सुनिश्चित होस् र सानो सानो आयोजनामा खर्च वितरण गर्न नपरोस् भन्ने चाहना हुँदा हुँदै पनि त्यसलाई पूर्णत सम्बोधन गर्न नसकेको अर्थमन्त्री महतको स्वीकारोक्ति छ । उनले मन्त्रीहरुले नै समेत साना आयोजनाहरुमा बजेट विनियोजनका लागि दबाव दिएको खुलासा पनि गरे ।