logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कसरी धनि र सफल बन्ने अप्नाउनुहोस् यस्ता टिप्स…


अंकुरण खबर
1.56K
Shares

अक्सर अभिभावक आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर वा लाभका पदमा योग्य हुने गरी पढाउन चाहन्छन् । त्यसैले राम्रो, महँगो क्याम्पस छानेर भर्ना गरिदिन्छन् । परिवारका कारण पढ्नमा बाधा नपुगोस् भनेर होस्टलसमेत दिलाइदिन्छन् । छोराछोरीले राम्रो पढुन्, राम्रो अङ्क ल्याएर परीक्षा पास गरुन्, राम्रो जागिर खाऊन् भन्ने अपेक्षामा नै अभिभावकले शिक्षामा लगानी गरेका हुन्छन् । तर के तपाईंलाई लाग्छ, पढाइपछि जागिर पाउनु नै सफलताहो त ? १०-६ को जागिरले आर्थिक सन्तुष्टि दिने ग्यारेन्टी हुन्छ ?

आर्थिकरूपमा सक्षम हुनु छ भने तपाईंले आफ्ना केही बानीमा खास ध्यान दिन जरुरी हुन्छ ।

१. लक्ष्य बनाउनुस्

आर्थिक प्रगति गर्न चाहनुहुन्छ भने तपाईंले जीवनको लक्ष्य बनाउनैपर्छ । जीवनमा केका लागि दौडिने, कहाँसम्म दौडिने यो कुरा बेलैमा सोच्नुहोस् । जीवनभर जागिरका पछाडि दौडिने वा आफैं मालिक बन्ने यसको निर्णय अरु कसैले गरिदिँदैन, तपाईं स्वयम्ले गर्ने हो । त्यसैले जीवनको लक्ष्य तय गर्नु अतिआवश्यक छ ।

जस्तो कि जीवनमा घर, गाडी, बैंकमा प्रशस्त बचत होस् भन्ने लक्ष्य पूरा गर्न मानिसहरू दिनरात नभनीकाम गर्छन् ।

२. आम्दानीको तुलनामा खर्च कम गर्नुहोस्

वित्तीयरूपमा आत्मनिर्भर हुने हो भने तपाईंले जति कमाउनुहुन्छ, त्योभन्दा कम खर्च गर्ने बानी बसाल्नुपर्छ । खर्च कम गरेर बचत बढाउन सकिन्छ । यसका लागिआफ्नो कमाइको केही हिस्सा बचत खातामा राख्नुहोस् ।

पभथकतयलभनयिदबलिभतधयचपग्लष्नदिभ द्यद्यब्
तपाईं यस्तो बचत खाता खोल्नुहोस्, जसमा तपाईंलाई राम्रो ब्याज पनि मिलोस् । अनि बैंकिङ सर्भिसेज चार्ज पनि नहोस् ।

३. आम्दानीको अर्को स्रोत पनि बनाउनुहोस्

व्यापार वा जागिरबाट आउने पैसाले नै हामी आर्थिकरूपमा आत्मनिर्भर बन्न सक्दैनौँ । यसका लागि आम्दानीको अर्को स्रोत पनि खोज्नुपर्छ । तपाईं जागिर गरिरहनुभएको छ भने त्यसबाट हुने आम्दानीको केही हिस्सा कतै लगानी गर्नुहोस् । तर पहिलो निश्चित हुनुहोस्, तपाईं जहाँ लगानी गर्दै हुनुहुन्छ, त्यसबाट रिटर्न् आउनुपर्छ ।

यसबाहेक तपाईं आफ्नो घरका केही कोठा भाडामा दिन सक्नुहुन्छ । यसो गर्दा तपाईंको मूल आम्दानीको बढीभन्दा बढी हिस्सा जोगाउन सहयोग पुग्छ ।

व्यवसाय र जागिरबाहेक तपाईं टुटल वा पठाओजस्तो राइड सेयरिङ सर्भिसमा सेवादिएर पनिआम्दानी गर्न सक्नुहुन्छ ।

आम्दानीको वैकल्पिक स्रोत हुँदा तपाईंको परिवारमा सदस्यमाथि कुनै स्वास्थ्य आपत आइलाग्दा तपाईंको तलबसँगै पूर्ण बचत सकिने छैन ।

४. कर्जा र क्रेडिट कार्ड सकेसम्म नलिने कोसिस गर्नुहोस्

आजको युगमा हामी प्रविधिको पछि दौडिरहका छौँ । यो समयलाई डिजिटलाइजेसन युग भन्न थालिएको छ । हुन पनि, तपाईं जागिर गर्नुहुन्छ भने बाइक वा कार, आइफोन वा मोबाइल, ल्याप्टप र एसी रुमबिना रहन मुस्किलप्राय छ । तर तपाईंको आम्दानी यी सबैका लागि पर्याप्त नहुन सक्छ ।

तर तपाईं रोकिन मान्नुहुन्न । किनकि, तपाईंका अगाडि यी सबै कुरा किन्न पाउने विकल्पहरू हुन्छन् । चाहे बैंकबाट कर्जा लिएर होस् वा क्रेडिट कार्ड लिएर । तर आम्दानीभन्दा खर्च कम गर्ने मान्यता लागू गर्न तपाईंले कर्जा र क्रेडिट कार्ड नलिने प्रयास गर्नुपर्छ ।

५. थोरै सही तर लगानी गर्न थाल्नुहोस्

तपाईं जागिर गर्नुहुन्छ, खासगरी आउट स्टेसनको जागिर हो भने वित्तीय आत्मनिर्भर हुन सबैभन्दा महत्त्वपूर्ण कदम हो तपाईं हरेक महिनाको तलबबाट ४० प्रतिशत बचत खातामा पठाउनुहोस्, यो रकम तपाईंलाई इमरजेन्सीमा काम आउने छ ।

बाँकी तपाईं आफ्नो कमन खर्च, जस्तो कि कोठा भाडा, घरका सामान र लाइफ स्टाइलमा लगाउन सक्नुहुन्छ, जसबाट कोही बच्न सक्दैन ।

६. तलबको कम्तिमा २० प्रतिशत बचत गर्नुहोस्

वित्तीयरूपमा आत्मनिर्भर हुनलाई लगानी सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । तपाईं कतै लगानी गर्नुहुन्न भने जागिर वा बचतबाहेक तपाईंको आम्दानीको स्रोत अरु केही हुँदैन । बरू जागिर, बचतबाटै रकम खर्च हुन्छ । तपाईंलाई घर, गाडी किन्नुपर्ला, बच्चालाई स्कुलमा भर्ना गर्नुपर्ला ।

यस्ता खर्चमा तपाईंको सबै पैसा खर्च भयो भने छोराछोरीको उच्च शिक्षाका लागि पैसा पुग्ला र रु फेरि तपाईंले कर्जा लिनुपर्ने हुन्छ । छोराछोरीको बिहेका लागि पनि तपाईंले ऋण नै काड्नुपर्ने हुन सक्छ ।

तब तपाईं वित्तीयरूपमा कसरी आत्मनिर्भर हुन सक्नुभयो त रु नेपालमा ६० प्रतिशत मानिस ऋणमा डुबेका छन् । किनकि उनीहरू आफ्नो सुरुवातदेखि नै म्यानेज गरी अघि बढ्न सकेनन् । जागिर गर्छन् २० हजारको अनि पूरै पैसा खर्च गर्छन् । बचत गरी चल्ने निकै कम हुन्छन् ।

७. स्वास्थ्य कभर र जीवन बीमाहरू किन्नुहोस्

आजको समयमा जो कमाउने व्यक्ति ९अर्निङ पर्सन० उसको आफ्नो परिवार वित्तीय सुरक्षाका लागि यी दुवै स्वास्थ्य र जीवन कभर निकै अर्थ राख्छ । किनकि, अहिले हामी विभिन्न बिमारलाई झेलिरहेका छौँ, यो आमकुरा हो ।

परिवारको कुनै सदस्य अचानक बिमारी हुन सक्छ । तपाईंले जीवनको बीमा गराउनुभएको छैन भने खर्च तपाईंको तलब वा बचतबाट गर्नुपर्ने हुन्छ । जुन तपाईंले मेहनत गरी कमाउनुभएको हो ।

र, तपाईंलाई केही भयो भने तपाईंको परिवारको दैनिक आवश्यकताको खर्चको पूर्ति बन्द हुन्छ । उनीहरूको वित्तीय अवस्था निकै खराब हुन्छ । त्यसैले तपाईं आफ्नो परिवारको सुरक्षाका लागि टर्म प्लान पनि पक्कै गराउनुहोस् ।एजेन्सी