logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन र चाँदीको मूल्य स्थिर, कति छ आइतबारको मूल्य ?


अंकुरण खबर
1.352K
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ।

महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर रहेको जनाएको हो। महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ। गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य तोलामा यति नै थियो।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रही गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँ कायम छ।