logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा बैठक जारी, आजै अर्थमन्त्रीले विनियोजन विधेयक, २०८० प्रस्तुत गर्ने


अंकुरण खबर
1.17K
Shares

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ।

सांसदहरूले आफ्ना धारणा राखेपछि अर्थमन्त्री प्रकाशशरण महतले उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। त्यस्तै सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूची छ।

आजै अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८० प्रस्तुत गर्नेछन्। राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा छ।

अर्थमन्त्री प्रकाशशरण महतले आजैको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्नेछन्। प्रतिनिधि सभा बैठकमा अघिल्लो सोमबारदेखि बजेटमाथि छलफल चलिरहेको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।