logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, लागु औषध कारोबारी एक जना पक्राउ


अंकुरण खबर
2.483K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवालाई घुँडाभन्दा मुनि गोली प्रहार गरी पक्राउ गरिएको ब्यूरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

लागुऔषध कारोबारी युवालाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले गोली हानिएको बताइएको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।