logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेको मण्डनदेउपुरमा बालगृह सञ्चालन, असाहय बालबालिकालाई संरक्षण गर्ने


अंकुरण खबर
3.757K
Shares

काभ्रेको मण्डनदेउपुर ८ धाइटारमा बालगृह भवन निर्माण सम्पन्न भएको छ ।

दक्षिण कोरीयाबाट फर्किएका युवाहरुको सहकार्यामा निर्मित सेवक नेपाल नामक संस्थाले सो बालगृह भवन निर्माण गरेको हो । तीन तले भवनको उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेकी हुन् ।

संस्थाले ७७ वटै जिल्लाका अभिभावक विहीन असहाय वालबालिकालाई संरक्षण गर्ने संस्थाका सस्थापक अध्यक्ष पूर्ण बहादुर खड्का(गोकुल)ले जानकारी दिए ।

०७६ माघ १६ गतेदेखिबाट सञ्चालनमा आएको बलगृहले विभिन्न दाताहरुको सहयोगमा हाल २६ जना वालबालिलाई आश्रय दिएर अध्यायन गराईरहेको छ ।

संस्थाले चितवन, ओखलढुंगा, रामेछाप लगायत धेरै जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।