logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्वोच्चको प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन


अंकुरण खबर
1.313K
Shares

संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ ।

सिंहदरवारमा आज (शुक्रवार) बसेको सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशका लागि प्रस्तावित कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

योसँगै राणालाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ । उनी छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका हुन् । उनी आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

कार्कीले आफ्नो काम नियमित रूपमा असार २० गतेसम्म मात्र गर्ने छन् । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि बिदामा बस्ने चलन छ ।