logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै


अंकुरण खबर
1.742K
Shares

आज अन्तर्राष्ट्रिय योग दिवस। हरेक वर्ष जुन २१ का दिन मनाइने यो दिवस आज पनि देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ ।

विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइने योग दिवस संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए।

संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो।

हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ।