नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ।
सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी क्यान्सरसँग लडिरहेका थिए। उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए।
लामा कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट सहमहामन्त्रीको उम्मेदवार थिए। तर, पराजित भए ।