आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेवाट सुरु हुनेछ ।
दोस्रो अधिवेशनको ३५औँ बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले दिने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।