logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साफ च्याम्पियनसिप : प्रतिष्ठाका लागि पाकिस्तानसँग भिड्दै नेपाल


अंकुरण खबर
2.184K
Shares

साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज (मंगलबार) नेपाली राष्ट्रिय फुटबल टोली पाकिस्तानसँग भिड्दै छ।

भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा हुने नेपाल(पाकिस्तान प्रतिस्पर्धा अपराह्न पौने ४ बजे सुरु हुनेछ । लगातार दुई खेलमा हार भोग्दै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान दुवैका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।
समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले हार्दै नेपाल समूह चरणबाट बाहिरिएको हो।

पाकिस्तान भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० ले हारेको थियो। अघिल्लो सिजन साफको फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो। नेपाल रहेको समूह एबाट भारत र कुवेत अन्तिम चारमा प्रवेश गरेका छन्। आजै हुने अर्को खेलमा समूह विजेताका लागि भारत र कुवेत भिड्नेछन्।

साफमा यसपटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन्। आफ्नो स्तरवृद्धिका लागि साफले दक्षिण एसिया बाहिरका दुई टोलीलाई आमन्त्रण गरेको हो।