logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहानै खाली पेटमा मनतातो पानी पिउँदा फाइदै-फाइदा


अंकुरण खबर
3.614K
Shares

स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।

त्यसमा पनि बिहान खाली पेटमा मनतातो पानी पिउनु निकै दाभदायक मानिन्छ। अझै चिसो हटिसकेको छैन। यो समयमा मनतातो पानीको विशेष महत्व छ।मनतातो पानी चिसो समयमा मात्र होइन जुसुकै मौसममा पनि पिउन सकिन्छ।

यस्ता छन् फाइदा

चिकित्सकका अनुसार  बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ।

दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ। पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ।

बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ। पर्‍याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग पुग्छ। भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनाले भोक जगाउँछ।

रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो पानी पिएर स्वास्थ्य लाभ लिनसकिन्छ। छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिने गर्नुपर्छ। चियाकफीको साटो ग्रीन टी पिउनुहोस्। यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ।

बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ। थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ।