logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने


अंकुरण खबर
2.132K
Shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथि विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ ।९३ सदस्यीय कोशी प्रदेशसभामा सरकारको समर्थन जोगाइ राख्न मुख्यमन्त्री कार्कीलाई ४७ सांसदको समर्थन आवश्यक पर्दछ । बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिने आशा राखेको छ । जसपासँग एक मत रहेको छ ।

जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा विश्वासको मत पाउने अपेक्षा गरेको हो ।

हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका ९सभामुखसहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

अहिले कोशी प्रदेशमा विपक्षी गठबन्धनमा रहेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँगसँग सभामुखसहित ४७ सांसद छन् । मतदानको क्रममा बराबरी मत आए सभामुखको मत निर्णायक हुनेछ ।