logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बसमा आगो लाग्दा भारतमा २५ यात्रुको मृत्यु


अंकुरण खबर
1.521K
Shares

यात्रुवाहक एक बसमा आगो लाग्दा भारतमा २५ जना यात्रुको मृत्यु भएको छ। मुंबई-नागपुर एक्सप्रेस वे (समृद्धि राजमार्ग)भएर नागपुरबाट पुणे जाँदै गरेको एक प्राइवेट बसमा शनिबार अचानक आगो लाग्दा २५ जनाको मृत्यु भएको हो।

आगो भिषण रुपमा सल्किएकोले बसमा सवार धेरै यात्रुको ज्यान गएको महाराष्ट्रको बुलढाणा जिल्लाका एसपी सुनिल कडासनेले बताएका छन्।

बसमा ३२ जना यात्रु सवार थिए। घटना हुँदा धेरै यात्रु निदाइरहेको र सोही अवस्थामा जलेर कतिपयको मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा सवार ८ जना यात्रु भने बच्न सफल भएका छन्।

गुडिरहेको बसको टायर अचानक पड्किएपछि बस एक खम्बामा गएर ठोक्किएको थियो। त्यसपछि पुलमा गएर बज्रिएको थियो। यसरी ठक्कर खाँदा बसको डिजेल ट्यांकी फुटेर आगो लागेको बताइएको छ।

घटनापछि कतिपय यात्रु बसको सिसा फुटाएर बाहिर निस्किएको एपी कडासनेले बताए। मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन।

दुर्घटनामा घाइते भएकाहरुको बुलढाणास्थित सिभिल अस्पतालमा भइरहेको डीएसपी बाबुराव महामुनिले जानकारी दिए।