logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची…


अंकुरण खबर
1.469K
Shares

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने बिद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सो राष्ट ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संसोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।