logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तरजातीय विवाह गर्ने दलित केटाको घरमा आगो लगाउनेविरुद्ध मुद्दा दर्ता


अंकुरण खबर
2.015K
Shares

यही असार १२ गते तातोपानी–४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपाली र त्यही गाउँकी बसन्ती गिरीले भागेर बिहे गरेका थिए। अन्तरजातीय विवाह गरेको झोकमा केटीका दाइले दलित केटाको घरका आगो लगाइदिएका छन्।

१६ गते साँझ काठमाडौंबाट गिडीखोला पुगी मुकुन्दको घरमा आगो लगाउने बसन्तीका दाइ हिक्मत गिरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ। आगो लगाउने हिक्मत गिरी, उनका बुबा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध मुद्दा दर्ता गरेको मुकेन्द्रका महिला दाइ भरत नेपालीले बताए।

‘मैले हिक्मत, उनका बुबा र काकाको विरुद्धमा जाहेरी दर्ता गराएको छु,’ उनले भने, ‘यो एक जनाको आँटले मात्रै गरेको घटना नभएर सुनियोजित भएको हुँदा तीन जनाको विरुद्धमा मुद्दा दर्ता गरेको हुँ।’

जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएउने हिक्मत गिरीसहित उनका बुबा र काका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ३(घ) र उपदफा ४ बमोजिमको तथा मुलुकी अपराध संहिता २०७४ को दफा १६६ को उपदफा १ र उपदफा २(१) बमोजिमको सजायको माग गरि मुद्दा दर्ता गरिएको छ ।