logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कस्तो छ मंगलबारकाे मौसम?


अंकुरण खबर
2.353K
Shares

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जसका कारण गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्यासहित भारी वर्षा हुनेछ।

यस्तै, राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने सम्भावना छ।

चट्याङ, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।