logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपरले आमाछोरीको ज्यान लिएपछि इटहरीमा तनाव


अंकुरण खबर
1.937K
Shares

इटहरीमा टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाछोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३९ वर्षीया सरिता चौधरी र २० वर्षीया छोरी अंशु चौधरी रहेका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी आमा सरिताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र छोरी अंशुको विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो।

घटनापछि आक्रोशित आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका थिए। ढुंगामुढा प्रहारबाट इलाका प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेसहित ९ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बलका पनि सात जना घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ सेल अश्रुग्यास प्रहार गरेको थियो। आक्रोशित भीडले टिपरका चालकमाथि पनि हातपात गरेको थियो। टिपर चालक सर्लाहीको हरिवनका २६ वर्षीय बलबहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।