logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा बाढीपहिरो, ३ नेपालीसहित २९ को मृत्यु


अंकुरण खबर
1.456K
Shares

वर्षाले भारतको उत्तरपश्चिमी राज्यहरूमा विनाश मच्चाएको छ ।

दिल्लीमा वर्षाले ४१ वर्षको कीर्तिमान तोडेको छ । हिमाचल प्रदेशमा सामान्यभन्दा १० गुणा बढी वर्षा भइरहेको छ । यसबाहेक पञ्जाब, हरियाणालगायत ७ राज्य नराम्ररी प्रभावित छन्। खोलामा बाढी छ, सवारीसाधन कागजको डुङ्गाजस्तै तैरिरहेका छन्, घरहरु डुबानमा परेका छन्, ट्राफिक जाम छ ।

भीषण वर्षासँगै आएको बाढीपहिरोमा कम्तीमा २९ जनाले ज्यान गुमाएका छन्। कैयौँ घाइते भएका छन्। जसमध्ये एकै परिवारका तीन जना नेपाली छन्। उनीहरू हिमाञ्चल प्रदेशको सिम्ला जिल्लास्थित क्यारामा पहिरोले पुरिएका हुन्। जसमा रुकुम पश्चिको त्रिवेणी गाउँपालिका–९ खहेरका रहेका जनाइएको छ।

एएफपीका अनुसार पुलपुलेसा भत्किएका छन्। सडक अवरुद्ध छ । टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाञ्चलको पहाडी भेगमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो।