चालू आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ४३ अर्ब रुपियाँको निर्यात हुँदा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको आयात भई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपियाँको कुल व्यापार घाटा भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा निर्यात २२ दशमलव ७ प्रतिशत र आयात १६ प्रतिशतले घटेको छ । आयात घट्दा व्यापार घाटा पनि १५ दशमलव २ प्रतिशतले घटेको छ । उक्त अवधिमा नेपाललले विभिन्न देशमा १ खर्ब ४३ अर्ब ५९ करोड रुपियाँ वस्तु तथा सेवा निर्यात गरेको छ ।