असार अन्तिम साता लागिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन ।
रोपाइँको सुरुवाती समयमा सबैतिर वर्षा भएपछि किसानले धमाधम रोपाइँ सुरु गरेपनि देशभर गतवर्षको अनुपातमा रोपाइँ कम भएको छ । पानी परे पनि अधिंकाश स्थानमा मुल नफुटेकोले सबै प्रदेशमा ६० प्रतिशत भन्दा बढी रोपाइँ हुन नसकेको हो ।
असार अन्तिम साता भइसक्दा पनि मुलुकभर धान रोपाइँले गति लिन सकेन, सातै प्रदेशमा रोपाईँको अवस्था कमजोर, साउन १५ सम्म सतप्रतिशत रोपाइँ हुने अनुमान छ ।