अभिनेता पल शाहले बलात्कार अभियोगमा अदालतबाट सफाइ पाइसक्दा पनि आफूलाई बारम्बार दुत्कारिएको गुनासो गरेका छन्।
बलात्कारजस्तो संवेदनशील विषयमा पनि अट्टहाँस गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आचोलना भएपछि अभिनेता शाहले निराशा व्यक्त गरेका हुन्।
उनले निराशा व्यक्त गर्दै अगाडि लेखेका छन्, ‘कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ।’