logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


अंकुरण खबर
1.677K
Shares

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।

मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका(५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको निधन भएको थियो। प्रधानमन्त्री प्रचण्डले मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।

‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भनेका छन्।