logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वगृहमन्त्री खाँणलाई निलम्बन नगर्ने सहमति जुटाउँदै कांग्रेसका शीर्ष नेता


अंकुरण खबर
1.339K
Shares

नेपाली कांग्रेसका शीर्ष नेता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको विषयलाई केन्द्रीय समितिमा नउठाउने सहमतिको प्रयासमा जुटेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य खाँण पक्राउ परेपछि तत्काल निलम्बन गर्नुपर्ने आवाज उठेपनि हालसम्म निलम्बनमा परेका छैनन्।

पार्टी सभापति शेरबहादुर देउवाले आज केन्द्रीय समितिको बैठकमा खाँणलाई निलम्बन गर्ने प्रस्ताव नल्याउनबारे सहमति जुटाउन बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले जानकारी दिए। सहमहामन्त्री राठोरले बैठकमा खाँणको सकरात्मकर नकरात्मक कुनै विषय उठान नहुने बताए।