logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल–कोरिया मैत्री अस्पताललाई सवा अर्ब सहयोग


अंकुरण खबर
2.067K
Shares

भक्तपुर थिमिस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालको क्षमता विस्तार गरिने भएको छ।

अस्पताललाई १५० शय्या निर्माणका लागि सम्झौता समेत भएको छ। मङ्गबार आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई क्षमता विस्तार गर्न एक अर्ब २५ करोड ४० लाख लगानी हुने र पाँच वर्षभित्र पूरा गरिसक्ने लक्ष्य छ।

सो परियोजना सम्पन्न गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०, मध्यपुर थिमि नगरपालिका र नेपाल–कोरिया मैत्री अस्पताल रहने छन्।