चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हडपेको सर्वसाधारणको ८ बिघा ६ कट्ठाभन्दा बढी जग्गा सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोग र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेका संयन्त्रको पहलमा जग्गा फिर्ता गरिएको हो ।
आयोग र सहायक प्रजिअ नेतृत्वको संयन्त्रकै बलमा विभिन्न जिल्लामा करिब साढे २६ करोड रुपैयाँभन्दा बढी रकम उल्लेख गरिएका कपाली तमसुक (कागज) पनि नष्ट गरिएका छन् ।