काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले मातृशोकमा रहेकी भरतपुर महानगर प्रमुख रेणु दाहालप्रति समवेदना प्रकट गरेका छन् ।
आज (बुधबार) विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी एवं मेयर रेणुकी आमा सीता दाहालको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भनी मेयर बालेनले रेणुप्रति समावेदना प्रकट गर्दै स्वर्गीय सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।