देशका विभिन्न भू–भागमा आज भारी वर्षा भइरहेको छ । कोसी र मधेस प्रदेशका केही जिल्लामा भारी वर्षा भइरहेको हो ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा र पर्सा जिल्लाको धेरै स्थानमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त जिल्ला भएर बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । नदी तटीय क्षेत्र र डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।