logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेताहरूले बाहिर बुरुक बुरुक उफ्रेर भित्र म्याउँ म्याउँ नगरुन् :सांसद रामहरि खतिवडा


अंकुरण खबर
1.326K
Shares

नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरी अहिलेको स्थानमा पुर्याउन सीता दाहालको अविस्मरणीय भूमिका रहेको बताएका छन् ।

प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहालको निधनका कारण साउन २ मा सरेको केन्द्रीय समिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको विषय उठ्छ कि उठ्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले भने, ‘हामी मुलुक कानुनसम्मत मुलुक चलोस् चाहन्छौं । तर हामी अदालतमा विचाराधीन विषय प्रभावित हुने कुनै पनि निर्णय गर्दैनौं । हाम्रा कुनै पनि नेता सभापति, उपसभापति, महामन्त्रीहरु कसैलाई बचाउन वा फसाउने काममा लाग्नुभएको छैन । चुरोमा नपुग्ने कुरा बाहिर प्रचार गर्नुको अर्थ छैन ।

उनले भने :प्रायः ठूला नेताका श्रीमतीहरु राजनीतिक विवादमा पर्छन् । तर सीता दाहाल सत्ता राजनीतिमा पनि शालीन, सौम्य, नम्र नारी देखिनुभयो । सबैका यस्तै आमा, श्रीमती थिए भने राजनीतिमा मात्र होइन, सबै क्षेत्रमा सफल हुन्थे, ।