logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्याम्पस प्रमुखविरुद्ध बोल्दा परीक्षामा फेल


अंकुरण खबर
1.196K
Shares

क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्।
विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले नियोजित रूपमा प्रयोगात्मक परीक्षामा फेल गराएको हो।
पूर्वाञ्चल विश्वविद्यालयको बीपीएच सातौं सेमेस्टरको परीक्षामा रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन्। कलेज प्रशासनको लापरबाही र नियतवश प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराइएको उनीहरूले विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बताए।