नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ।
२०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते (आजकै दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो।
तनहुँको चुँदी रम्घामा जन्मिएका धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।
हरेक वर्ष भानु जयन्तीमा काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ ।