logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैंकमा थुप्रियो पैसा


अंकुरण खबर
1.56K
Shares

वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम अस्वाभाविक ढंगले बढेको छ ।

असारमा बढेको सरकारी खर्च, चालू आर्थिक वर्षको ब्यालेसन्सिट मेन्टेन गर्न रोकिएको कर्जा लगानी आदि कारणले वाणिज्य बैंकहरूमा तरलता थुप्रिएको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी सामान्यतया असार महिनामा बर्सेनि तरलता थुप्रिने गरेको बताउँछन् । गत वर्ष कम भएको तरलताको तुलनामा यो वर्ष उल्लेख्यरूपमा तरलता बढेको देखिएको केसीको भनाइ छ ।