logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

६ जिल्लामा भारी वर्षा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध


अंकुरण खबर
1.209K
Shares

पछिल्लो चौबिस घन्टामा ६ जिल्लामा भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, नवलपुर, नवलपरासी, तनहुँ, कास्की र महोत्तरीमा भारी वर्षा मापन भएको हो।

महोत्तरीमा पछिल्लो एक घन्टामा ६० मिलिमिटर वर्षा हुँदा तीन घन्टामा १२० मिलिमटर वर्षा मापन भएको छ।

कास्कीमा पछिल्लो चौबिस घन्टामा १६६।२, तनहुँमा १४९ मिलिमिटर, नवलपरासीमा १४३ मिलिमिटर, नवलपुरमा १४१।४ मिलिमिटर र पाल्पामा १३६।४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
डुबान भइरहने होचो भुभाग तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।