logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य


अंकुरण खबर
1.963K
Shares

आज रातिबाट पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्ने भएको छ । नेपाल आयल निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको हो ।

निगमले आज पत्रकार सम्मेलन गरेर डिजेलमा २ प्रतिशत र २।५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जनाएको छ ।

नेपाल आयल निगमको यो निर्णयसँगै अब एलपी ग्यासको मूल्यमा १० रुपैयाँ घट्नेछ । त्यस्तै पेट्रोलमा ६ रुपैयाँ, डिजेल र मट्टीतेलमा ४र४ रुपैयाँ घट्नेछ । यो मूल्य आज राति १२ बजेबाट लागू हुनेछ ।

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम हुनेछ ।