logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हवाई भाडा भोलिदेखि बढ्ने


अंकुरण खबर
1.625K
Shares

भोलिबाट‍ लागु हुने गरि हवाई भाडादर बढ्ने भएको छ । साउन १ गतेबाट आव २०८०र८१ सुरु हुने भएसँगै हवाई टिकटमा लागू भएको भ्याट टिकट मूल्यमा जोडिन लागेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि जारी गरेको आर्थिक विधेयकमा उल्लेख भएअनुसार भोलीबाट हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने भएको छ ।

वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघले सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने जनाएको छ ।

आन्तरिक हवाई उडानका लागि टिकटमा यात्रु सेवा शुल्क, इन्धन खर्च र हवाई शूल्क गरि तीन शीर्षकका मूल्यको आधार मानेर टिकटको मूल्य निर्धारण हुने गर्छ ।