logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरीमा डुबेर एक बालकको निधन


अंकुरण खबर
1.391K
Shares

चितवनमा आफ्नै घरको पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ लप्टनडाँडाका ६ वर्षीय प्रिन्स सुनारको पोखरीमा डुबेर निधन भएको हो ।

हिजो दिउँसो घर नजिकै खेलिरहेको अवस्थामा चिप्लिएर पोखरीमा खसेका उनको अवस्था तत्काल गम्भीर भएको बताइन्छ । उपचारार्थ जिल्ला अस्पताल भरतपुर पुर्याइएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।