आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिमार्फत साउदी अरब पुर्याएर अलपत्र छोडेरका १९ नेपाली कामदार स्वदेश फर्किएका छन्।
पैसा कमाउने सपनासहित साउदी पुगेका उनीहरु ५० डिग्रीको तातो सडकमै दुई महिनासम्म अलपत्र परेपछि घरबाटै पैसा मगाएर स्वदेश फर्किएका हुन्।
ओशो म्यानपावरबाट करिब दुई महिना अघि साउदी अरब पुगेका उनीहरुलाई त्यहाँको कम्पनीले भित्र पस्न नदिई बाहिरै सडकमा छोडेर अलपत्र पारेको थियो।
उनीहरुलाई समाजसेवी यम तमु र ग्लोबल आईएमई बैंकका जिसीसी प्रमुख तथा एनआरएनए साउदीका उपाध्यक्ष रामबहादुर क्षेत्रीको पहलमा उद्धार गरेर नेपाल पठाइएको हो।