logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

इमर्जिङ टिम्स एसिया कपमा आज भारतसँग खेल्दै नेपाल : भारतविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल


अंकुरण खबर
3.328K
Shares

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ।

समूह ‘ बी ‘ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’सँग खेल्न लागेको हो। पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको थियो। नेपाल आज पहिलो जितका लागि मैदान उत्रने छ।

नेपाल र भारतबीचको खेल दिउँसो २ः१५ देखि सुरु हुनेछ । सेमिफाइनल सम्भावना जीवितै राख्न नेपालले भारतलाई हराउनुको विकल्प छैन ।

समूह ‘बी’ मा रहेको नेपालले तेस्रो खेलमा बुधबार यूएईको सामना गर्नेछ । समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।