वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयनमा आउन लागेको हो।
दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।
वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । ओपीडी सेवाका कर्मचारीहरूको हाजिरीका लागि बिहान सवा ८ बजे र अपराह्न पौने चारबजेको हाजिरीलाई मात्र मान्यता दिइने जनाइएको छ ।
एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।