logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै


अंकुरण खबर
1.027K
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ।

सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उनको सचिवालयले जनाएको छ। देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने तयारी छ।

आजको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ।