logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाबाट बालिका प्रयोग गरी गाँजा तस्करी


अंकुरण खबर
858
Shares

लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ।

एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकता दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट दुई किलो गाँजा नेपालमा झिकाएको भेटिएको छ।
अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो गाँजा लिन पुगेकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनलाई साहले परिचालन गरी लागुऔषधको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका बालिकाको साहउपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागुऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए।