logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन तस्करीमा गृह र अर्थको मिलेमतो देखिन्छ : सांसद शर्मा


अंकुरण खबर
1.17K
Shares

प्रतिनिधि सभा सदस्य डा: सुनील शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् ।

प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याइ छ ।

गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबण्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाइ छ । डीआईजीको नेतृत्वमा विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता पुष्टि गर्ने सांसद शर्मा बताउँछन् ।