logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौद्रिक नीति ल्याउन सांसदको सुझाव


अंकुरण खबर
1.872K
Shares

संघीय संसद्अन्तर्गतको अर्थ समिति बैठकमा बिहीबार सांसदले कसिलो वा लचिलोभन्दा पनि विगतका राम्रा नीतिको निरन्तरतासहित सापेक्षित रूपमा खुकुलो मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाए ।
सुधार भएका बाह्य सूचकमा असर नपर्ने र शिथिल अर्थतन्त्र चलायमान हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सांसदहरूले सुझाएका छन् ।

अहिले कसिलो कि लचिलोभन्दा पनि अहिलेको आर्थिक अवस्था सुहाउँदो मौद्रिक नीति ल्याउन आवश्यक रहेको पूर्वअर्थमन्त्री विष्णु पौडेलको भनाइ छ ।
नीति ल्याउनुभन्दा पनि तिनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।
विगतका वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले आर्थिक वृद्धिमा निकै कम मात्र योगदान गरेकाले मौद्रिक नीतिमार्फत उत्पादनमूलक क्षेत्रमा कर्जा केन्द्रित हुने नीति ल्याउनुपर्ने अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बताए ।
अहिले अर्थतन्त्रमा देखिएको शिथिलता हटाएर आर्थिक गतिविधि चलायमान हुने गरी चालु वर्षको मौद्रिक नीति ल्याइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनाए । सरकारले राखेको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी मौद्रिक नीति जारी गरिने उनको भनाइ छ ।