नेकपा एमालेका अध्यक्ष केपी ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कँदैछन्। कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुगेका एमाले अध्यक्ष ओलीसहितको टोली आज राति १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको हो।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली साउन २ गते राति पत्नी राधिका शाक्य,उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यावेक्षका लागि त्यसतर्फ प्रस्थान गरेका थिए। कम्बोडियामा कुल ९७ लाख १० हजार ६ सय ६५ मतदाताले १ सय २५ जना विधायकको निर्वाचित गर्न मतदान गरेका छन्।