logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड चीन जाने


अंकुरण खबर
1.339K
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङ्झोउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागि हुन जाने भएका छन्।

२०६६सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागि भएका दाहाल यस पटक हाङ्झोउमा एसियाली खेलकुदको १९औँ संस्करणमा सहभागि हुने भएका हुन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनसँग इटलीमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल कुराकानी गरेका छन्। तीन दिने नेपाल भ्रमणमा आएका युआनसँगको छलफलमा प्रधानमन्त्री दाहालले एसियाली खेलकुदका क्रममा चीन आउने बताएको निकट स्रोतको दाबी छ।

एसियाडका खेलहरू हाङ्झोउ,निङ्बो,वेनझोउ,हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन्। उक्त प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिने छ।