logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणगढ–मुग्लिन सडक अवरुद्ध


अंकुरण खबर
1.3K
Shares

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। यो खण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडक खण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

पहिरो पन्छाउने काम भइरहेको तर पानी परिरहेकाले समय लाग्ने बताइएको छ।