logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३३ किलो सुन गायब


अंकुरण खबर
897
Shares

२०७४ साल माघ अन्तिम साता युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो। उक्त सुन बोक्ने भनिएका मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि उक्त प्रकरणमा दर्जनौं मानिसहरूको संलग्नता देखिएकोे थियो।

यस प्रकरणमा संगठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन सात जना बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो।

मोरङ जिल्ला अदालतले सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।