logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह : नदीमा बाढीको उच्च जोखिम


अंकुरण खबर
1.404K
Shares

पछिल्लो तीन घण्टायता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले सचेत गराएको छ ।

आज दिउँसो कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक \ दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले यस क्षेत्रमा पनि विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।