करिब एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि आक्रोशित बनेका छन् ।
उनले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको स्पष्ट पार्न पनि गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् । गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार रहेको भन्दै उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्यो, उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन !,’ ओलीले भने।
कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका ओलीले विमानस्थलमा आक्रोश पोख्दै भने, ‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन ? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’
यस प्रकरणमा जो कोही संलग्नता भएपनि उम्किन नहुने ओलीले बताए ।