logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ओखलढुङ्गामा पहिरोले तीन घरमा क्षति


अंकुरण खबर
1.131K
Shares

ओखलढुङ्गा सदरमुकाम नजिकै जिविस खोरिया टोलमा पहिरोले तीन घरमा क्षति पुर्‍याएको छ ।

सोमबार देखि परेको अविरल वर्षाका कारण जिल्लाको सिद्धिचरण नगरपालिका–१२ को जिविस खोरिया टोलमा मङ्गलवार बिहान गएको पहिरोले तीन घर र एउटा कुखुरा फार्ममा क्षति हुनुको साथै दुई जना घाइते हुनुभएको छ।

घाइते दुवै जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।